सेमिफाइनलमा कटहरिया विजयी, अब फाइनल खेल्ने

रबिन्द्र प्रजापति, कटहरिया, माघ १८ गते । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत मंगलबाार सम्पन्न भएको सेमिफाइनल खेलमा कटहरिया विजयी भएको छ ।
माधवनरायण नगरपालिकालाई पराजित गर्दै कटहरियाका टीमले ५ विकेटले विजय भएको छ ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत मंगलबारको खेल सेमिफाइनलमा माधवनरायण नगरपालिकाले टस हारेर पहिला ब्याटिंग गरेर निर्धारित १९।३ ओभरमा अल आउट हुँदै ८१ रनको योगफल तयार पार्न सफल भए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाले १२ ओभरमा ५ विकेटको क्षतिमा ८२ रन बनाई विजयी भएको छ ।
गत ८ गते राजदेवी र गत १५ गते वृदावन नगरपालिकालाई पराजित गर्दै कटहरिया ३ विकेटले विजयी भएको थियो । माघ १९ गते कटहरिया फाइनल खेल्ने छ ।

16 Push 077 final